राप्रपाको अध्यक्षमा लिङ्देन विजयी



सुर्खेत। राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन्।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन्। निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए।

यस्तै पराजित थापाले १६१७ मत ल्याए। मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।