भूगोल सदस्यमा सुशीला गिरीको उम्मेदवारी



कालिकाेट। नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्यीय सुशिला कुमारी गिरीले कर्णाली प्रदेशकाे अधिवेशनमा प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन्।

काङ्ग्रेसको जारी प्रदेशस्तरीय महाधिवेशनकी गिरी सबैभन्दा कान्छी उम्मेद्वार हुन्। शंकर माध्यमिक विद्यालय इकाई सभापति, जनज्योति माध्यमिक विद्यालय सुर्खेतको इकाई सभापती, कालिकोट नेविसंघको जिल्ला कार्य समिति सदस्य, महाअधिवेसन प्रतिनिधि, नेविसंघ निर्वाचित केन्द्रीय सदस्य, बिएससी एजी अध्यनरत गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा अघि बढिरहेकि छन्।

नेपाली कांग्रेसकाे नेतृत्वमा युवाहरूको पहुँच बढाउन तथा कालिकाेटकाे विकास र समृृृद्धिका लागि आफ्नाे उम्ममेदवारी रहेकाे गिरीको भनाइ छ।