भुपेन्द्रजंग शाही कर्णालीको सभापतिको उम्मेदवार



काठमाडौँ। नेपाली कांग्रेसको संस्थापनइतर पौडेल पक्षले भूपेन्द्रजंग शाहीलाई कर्णाली प्रदेशको सभापतिको उम्मेदवार बनाउने भएको छ।

बिहीबार शाहीलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको युवा नेता नारायण कोइरालाले बताए।हाल तरूण दलको महामन्त्री रहेका शाही कालीकोटका हुन्।

काठमाडौं बस्दै आएका उनी केही समयअघि प्रदेश अधिवेशनलाई लक्षित गरी सुर्खेत र कालीकोटमा सक्रिय छन्। उनी नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय उपाध्यक्ष पनि हुन्।

तीन कार्यकाल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य समेत भएका शाहीले २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार बनेका थिए।

माओवादीका नेता महेन्द्रबहादुर शाहीको निर्वाचन क्षेत्रबाट सांसदमा चुनाव लडेका शाही दुवैपटक पराजित भएका थिए।