नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी।



चितवन। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए। यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो। एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो।