मिनिट्रक दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत रिर्फर



कालिकोट। नरहरिनाथ गाउँपालिका-१ निलाखामा मिनिट्रक दुर्घटनामा परी घाइते भएका गाडि साहु नेत्रबहादुर बिष्टलाई थप उपचारको लागि हेलिकप्टरमार्फत उद्धारगरी सुर्खेत रिर्फर गरीएको छ।

लालिघाट देखि निर्माणाधीन सुनथराली विमानस्थलको सामान बोकेर गएको बा ५ ख ८६४३ नम्बरको मिनिट्रक सोमबार बिहान ७ बजेर ४५ मा दुर्घटनामा हुँदा नरहरीनाथ गाउँपालिका-१ का ६५ बर्षिय जयहादुर बिष्टको घटना स्थलमै निधन भएको र सोही गाउँका गाडी साहु नेत्रबहादुर बिष्ट गम्भीर घाईते भएका थिए।

गाडी साहु बिष्टको कालीकोट जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि हेलिकप्टरमार्फत सुर्खेत रिर्फर गरीएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्याले जानकारी दिए। सवारी चालक भने अहिलेसम्म फरार रहेको घाइतेका आफन्तले जानकारी दिएका छन्। अहिले घाईतेको प्रदेश अस्पलात सुर्खेतमा उपचार भईरहेको बताईएको छ।