निर्माणाधीन सुनथराली विमानस्थलको सामान बोकेको मिनिट्रक दुर्घटना, एकको मृत्यु



कालिकोट। नरहरिनाथ गाउँपालिका-१ निलाखामा मिनिट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

लालिघाट देखि निर्माणाधीन सुनथराली विमानस्थलको सामान बोकेर गएको बा ५ ख ८६४३ नम्बरको मिनिट्रक बिहान ७ बजेर ४५ मिनेटमा दुर्घटनामा परेको हो।

मिनिट्रक दुर्घटना परी नरहरीनाथ गाउँपालिका-१ का ६५ बर्षिय जयहादुर बिष्टको निधन भएको र सोही गाउँका गाडि साहु नेत्रबहादुर बिष्ट गम्भीर घाईते भएको वडाअध्यक्ष प्रिती बिष्टले जानकारी दिए।

उनका अनुसार गाडिमा चार जना सवार रहेको र चार जना मध्ये एकको मुत्यु भएको र एकजना घाईतेको थप उपचारको लागि जिल्ला अस्पताल कालीकोट लैजाने तयारी भईरहेको छ। चालक, सहचालकलाई सामान्य चोट लागेको हुँदा स्थानिय अस्पतालमा उपचार भईरहेको छ।