किशोर रावल समाजवादीमा



सुर्खेत। स्वास्थकर्मीहरुका नेता तथा वामपन्थी नेता किशोर कुमार रावल एकीकृत समाजवादीमा जोडिएका छन्।

शुक्रबार नेता रावललाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका हुन्।                                                                                      नेकपा एकीकृत समाजवादी कालिकोटले आयोजना गरेको कार्यक्रममा नेता रावलले समाज रुपान्तरण र राजनीति आन्दोलनको आगामी नेतृत्व एकीकृत पार्टीले लिने बताएका छन्। पार्टी अध्यक्ष नेपालको नेतृत्वमा अघि बढिरहेको समाजवादी आन्दोलनमा आफ्नो साथ र योगदान रहने रावलको भनाई छ।

नेता रावल वाम आन्दोलनको यात्रामा लामो समयदेखि प्रत्यक्ष र परोक्ष रूपमा सहभागी हुँदै आएका छन्।