कालिकोट। एम्बुलेन्सको काम बिरामी बोक्ने हो तर जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटको एम्बुलेन्सले नुनका बोरा ओसार्ने गरेको छ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटको एम्बुलेन्सले बिरामी सहित नुनका बोरा समेत बोक्ने गरेको छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटबाट जिते छहरामा सुत्केरी बिरामी सहित ४ बोरा नुन ओसारेको छ। बिरामी बोक्नुको सट्टा एम्बुलेन्सले नुनका बोरा ओसार्ने गरेको पाइएको हो।
बिरामी बोक्ने एम्बुलेन्स पहुँचवालाका बिरामी र उनीहरुलाई चाहिएको सामाग्री बोक्ने गरेको छ। पहुँचवालाहरुले एम्बुलेन्समा बिरामी सहित नुन र विभिन्न मालसामान बोक्न प्रयोग गर्दै आइरहेको छन्।
एम्बुलेन्सले बिरामीको सट्टा नुनका बोरा र अन्य निजी सामाग्री बोकेको तस्बिर जिल्लाका संचारकर्मीले सामाजिक सञ्जालमा राखेका छन्। विगतदेखि नै एम्बुलेन्सले बिरामी बोक्न छाडेर यस्तै सामाग्री ओसारपसार गर्ने गरेको नागरिकले गुनासो गरेका छन्।