मंगलबार, मंसिर ०७ गते ।
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरका बिकास प्रेमी नेता जयराम लामिछाने मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत सहित निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानको आज आएको मत परिणाम अनुसार नेता लामिछाने मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुलातर्फ सर्वाधिक ६७० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
यसै गरि प्रत्यक्ष महिलातर्फ उमा दाहाल (५८०), जानकी लामा तामाङ (६१९), मिरा स्यांतान (६५९) र निलम देवकोटा (४९३) मतले विजयी भएका छन् । प्रत्यक्ष खुलातर्फ इश्वर पाठक (६००), शंकर न्यौपाने (३०८), टेकनाथ शिवकोटी (३५५), बुद्ध लामा (६०३), भरत लामा (४४० ), ठाकुरराम तितुङ (४२०), राजकुमार मल्ल (३६३), राज मैनाली (३३२), सन्तबहादुर प्रजा (५१८) मतले विजयी भएका छन् ।
खस आर्य खुलातर्फ राजेश भेटवाल (६७६), आदिवासी जनजाति महिलातर्फ गोरी माया लामा (५४३), जानकी लामा (४११) र निर्मला हिम्डुङ (३९४) विजयी भएका छन् । आदिवासी जनजाति खुलातर्फ जमानसिं वाईबा (५७७), चित्रबहादुर थापा (५४४), रामचन्द्र थिङ (५४९), रत्नबहादुर गोले (५०५), दलिततर्फ शान्ताकुमारी विक (५५१), मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगतर्फ सूर्यबहादुर रुम्बा (४७१) मतले बिजयीका हुन् ।