काठमाडौँ। मेडिकल सञ्चालक दुर्गा प्रसाईंलगायत १०६ जनालाई एमालेले प्रतिनिधि चयन गरेको छ।
१०औं महाधिवेशनका लागि प्रतिनिधि छान्ने क्रममा पुसाईंलगायत १०६ जना चयन गरेको हो। विवादित मेडिकल व्यवसायी प्रसाईंलगायत १०६ जना मनोनीत भएका छन्।
मंगलबार अबेरसम्म बसेको स्थायी कमिटी बैठकले मनोनीत प्रतिनिधिहरुको सूचीको टुंगो लगाएको हो। कूल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्ने वैधानिक व्यवस्थाअनुसार १०६ जना मनोनीत भएका हुन्।