काठमाडौँ। नेपाली कांग्रेस जुम्लाको पार्टी सचिवमा लक्ष्मण शाही विजयी भएका छन्।
जिल्ला कार्यसमिति चयनबारे सहमति नजुटेपछि निर्वाचनमा होमिएको जुम्ला कांग्रेसको सचिवमा युवा नेता शाही विजयी भएका हुन्। नेता शाही पौडेल टिम निकट छन्।
त्यस्तै नेपाली कांग्रेस जुम्लाको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा संस्थापन पक्षका उम्मेद्वार कर्ण शाही विजयी भएका छन्। उपसभापतिमा कार्मा बुढा, र दिपक शाही र सचिव लक्ष्मण शाही र अर्जुन सिंह कठायत, सहसचिव नन्द प्रसाद चौलागाईं र धनेन्द्र बोहरा जिवयी भएका छन्।
६४ जनाको कार्यसमिति रहेको नेपाली कांग्रेस जुम्लामा संस्थापन पक्षको सभापतिसहित जम्मा ४ जना विजयी भएका छन्। अन्य सबै पौडेल टिमले बाजि मारेको छ।