नेपाली काँग्रेस जिल्ला कार्यसमिति जुम्लामा देउवा पक्षका शाही ५ मतले विजयी



जुम्ला। नेपाली कांग्रेस जुम्लाको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा संस्थापन पक्षका उम्मेद्वार कर्ण शाही विजयी भएका छन्।

निकटतम प्रतिद्वन्दी पौडेल प्यानलका उम्मेद्वार दिप बहादुर शाहीलाई ५ मतान्तरले हराउँदै सभापतिमा शाहीले बाजि मारेको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिईन्। विजयी शाहीले ४ सय ७४ र दिप बहादुर शाहीले ४ सय ६९ मत पाएका थिए।

खस आर्य पुरुष सदस्य ५ जनामा देउवा पक्षका अंकबहादुर शाहि ४ सय २१ बाहेक पौडेल पक्षका गगन बहादुर शाहि ४ सय ४८, महेन्द्रनिधि हमाल ४ सय ७३, मेघराज गिरी ४ सय ४३, हरिनन्द आचार्य ४सय २७ मतले विजयी भएका छ्न्।

त्यस्तै, तातोपानी गाउँपालिका महिला सदस्यमा देउवा पक्षाका कृष्णमाया उपाध्याय ४ सय २० र प्रतिद्वन्द्वी साबित्री डांगी ४ सय १८ मतमा २ मतले देउवा पक्षकी उपाध्याय विजयी भएकी छ्न्। तिला गाउँपालिका पुरुष सदस्यका दुबै उम्मेद्वार ले ४ सय २६ मत पाएकोले गोलाप्रथा गरिने निर्वाचन अधिकृत प्रधानले बताइन्। देउवा पक्षका प्रेमकली बुढा ३ सय ८५ मतले खस आर्य महिलामा विजयी हुँदा अन्य ३ जनामा पौडेल पक्षले बाजि मारेको छ। केन्द्रिय महाधिवेशन प्रतिनिधिको मतगणना हुन बाँकी रहेको निर्वाचन अधिकृत प्रधानले जानकारी दिईन्।

जुम्लामा जिल्ला समिति चयन गर्दा सहमति हुन नसकेपछि निर्वाचन गर्नुपरेको एक सदस्यले बताए।