विमलीको जिल्ला सचिवमा उम्मेद्बारी घोषणा



झापा। नेपाली काङ्ग्रेस झापाका युवा नेता नवीन बिमलीले झापा जिला सचिव पदमा उम्मेद्बारी घोषणा गरेका छ्न्।

नेपाल विद्यार्थी संघ मेची बहुमुखी क्याम्पस इकाई सदस्यबाट राजनीति यात्रा शुरु गरेका विमली नेविसंघको जिल्ला सभापति, काङ्ग्रेसको क्षेत्रीय सभापति हुँदै सक्रिय राजनीतिमा छ्न्।

राजनीतिका साथै सामाजिक क्रियाकलापमा सक्रिय रहेका विमलीको सचिव पदको उम्मेद्बारीसँगै नयाँ उमंग थपिएको र बिजय सुनिश्चित रहेको काङ्ग्रेस प्रतिनिधिहरुको दाबी छ।

जिल्ला सभापतिका उम्मेद्बार देउमान थेबेको समुहबाट सचिवमा उम्मेद्बारी घोषणा गरेका उनलाई काङ्ग्रेस नेता कृस्ण प्रसाद सिटौला, काङ्ग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकी, पुर्व साम्सद, डिल्ली सिटौला, सुधीर सिवाकोटी तथा जिल्ला सभापति उद्द्व थापाको समेत समर्थन रहेको देखिन्छ।