नेपाल-भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न



काठमाडौँ। डीएभी सुशिल केडिया विश्व भारती विद्यालयमा नेपाल–भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न भएको छ।

संस्कृति भारत मुख्य आयोजक रहेको उक्त कार्यक्रम आयोजना गर्न डीएभी शुसिल केडिया विश्व भारती विद्यालय र स्वामी विवेकानन्द संस्कृति केन्द्र, भारतीय राजदुताबासले सघाएका हुन्।

नेपाल र भारतबीच परापूर्वदेखि कायम पारस्परिक सम्बन्धलाई उजागर गर्नु र थप प्रगाढ गर्नु समारोहको मुख्य उद्धेश्य रहेको संस्कृति भारतले जानकारी दिएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योगदान पुराएका व्यक्तिको सम्मान र नृत्य, गीत तथा गजल प्रस्तुत गरिएको थियो।

समारोहमा डी.पी.एस धरानका पीके शङ्कर लिङगम र नेपाल–भारत मैत्री विद्यालय पोखराका मृत्युञ्जय सिंह बेस्ट प्रिन्सिपल अवार्डबाट सम्मानित भएका छन्। त्यसैगरी डीएभी विद्यालयका रामचन्द्र खनाललाई बेस्ट भाइस प्रिन्सिपल अवार्डबाट सम्मान गरिएको छ। विभिन्न विधामा उत्कृष्ट योगदान पुराएका शिक्षकहरूसमेत सम्मानित भएका छन्।

‘भारत गौरव’ सम्मान अवार्डबाट शास्त्रीय संगीत गायिका डा. रञ्जना झा, कथक नृत्यङ्गना यामिनी र भारतीय लोक नृत्यङ्गना रजनी दुवे विभूषित भएका छन्। डीएभी विद्यालयका अध्यक्ष अनिल केडिया यस वर्षको नेपाल–भारतमैत्री समाज अवार्डबाट सम्मानित भएका छन्।

कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रथम महिला सुनिता केडिया, डी.ए.भी.प्रिन्सिपल डा. भुवनेश्वरी राव लगायत विद्यालयका शिक्षक र कर्मचारीहरूको अथक प्रयास रहेका थियो।