भीम रावलले ओके भनेपछि ओली ढुक्क



काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेसिनप्रति ढुक्क रहेको बताएका छन्। पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताए।

‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने। तर, आफूले मेसिन नचलाएको ओलीको भनाइ छ। एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ।