तनहुँ एमालेका ५५ जना नेता कार्यकर्ता समाजवादीमा प्रवेश



काठमाडौँ। नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अग्रगमनको लागि बिद्रोह गर्नु परेको हो स्पष्ट पारेका छन्।

शनिबार नेकपा (एकीकृत समाजवादी) तनहु-काठमाडौँ सम्पर्क मन्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा राखेका हुन्।

उनले भने, ‘केपी ओलीले एमाले पार्टीलाई निजि कम्पनी बनाएपछि हामीले परिवर्तनका उपलब्धिहरुको सस्थागत गर्न र अग्रगमनको लागि बिद्रोह गर्नु परेको हो। केपी गणतन्त्रको झन्डामा आउनै चाहेका थिएनन्। केपी ओली अब कम्युनिस्ट रहेनन्। यो कुरा जनताले राम्ररी बुझिसेका छन्। असली कम्युनिष्टहरुले ‘बा’ प्रवृत्तिको संरक्षण गर्छन्? गर्दैनन्। त्यसैले आगामी निर्वाचनमा जनताले एमाले पार्टीलाई धुलो चटाउने छन्।’

उनले एकीकृत समाजवादी सांसदको संख्याका हिसाबले मात्रै गण्डकी र लुम्बिनी प्रदेश पछि रहेको बताए। उनले भने, ‘त्यहाँ हाम्रा सांसद मात्रै नभएको हो। त्यहाँ हाम्रो संगठन एमालेको भन्दा राम्रो छ। किसान कमरेड जस्ता हजारौं नेता कार्यकर्ताको भएकाे प्रदेश हो। त्यहाँ ०७४ को निर्वाचनमा केपी ओलीले आफूलाई ;बा’ भन्नेहरूलाई मात्रै टिकट दिएका थिए। अनि हामीसँग सांसद कसरी हुनु?’

उनले सुर्यमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन्। उनले अगाडि भने, ‘कलम न्यायको प्रतीक हो। सुर्यमा ग्रहण लागि सक्यो। अबको निर्वाचनमा केपी ओलीको कम्पनीलाई धुलो चटाउनु पर्छ। अर्को कुरा जानकारी होस् केपी ओलीले मेरोभन्दा १४ वर्षपछि सदस्य लिएका मान्छे हुन्। उनी सत्तामा पुगेपछि उन्माद लाग्यो। त्यो उन्मादले ओलीको पार्टीमा असल मान्छेलाई स्थान भएन। खराबहरुको कम्पनि खडा भयो।’

उनले सत्यको एक दिन अवश्य जित हुनेमा जोडदिए। उनले भने, ‘केही मान्छेहरु हामीलाई गाली गरेर बसेका छन्। हामी देशभर हिडिरहेका छौं। देश ब्यापी प्रशिक्षण दिने काम भैरहेका छन्। वैज्ञानिक समाजवाद स्थापनाका लागि जनतालाई हामीले जानकारी दिइरहेका छौं। हामी समाज रुपान्तरणको मिसनमा छौं। कम्युनिस्ट पार्टी सामुहिक हित चाहान्छ। जनता र कम्युनिस्टबीच नङ र मासु जस्तै सम्बन्ध हुन्छ। समाजवादको ध्येय भनेको सामाजिक न्यायको सिद्धान्त हो। बिभेदको अन्त्य हो। त्यसका लागि हाम्रो पार्टीलाई जनता र देशको लागि समर्पित हुने पार्टी बनाउनु छ।’

त्यस्तै कार्यक्रममा अध्यक्ष नेपालले मजुदरको हातबाट एमाले पार्टीले कम्युष्टिको झण्डा गैंडाको हातमा झन्डा पुर्याएको बताए। उनले भने, ‘मजदुरले उठाउने झन्डा आज जनावरको हातमा पुगेको छ। त्यो पार्टीमा कसले बोल्ने? कोहि जिउदो छन् जस्तो लाग्दैन। जिउदो हुँदा हुन् त बोल्दा हुन्। पुरुष महिलाको हातमा राखौ भन्दा हुन्। मजदुर कै हातमा झण्डा राख्नु ठिक हुन्छ भन्दा हुन्।’ कार्यक्रममा तनहुँ जिल्लाका एमाले परित्याग गरि ५० जना युवा नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेकबा छन्।

तस्बिर: मुकुन्द कालिकोटे