काठमाडौँ। नेपाल वायू सेवा निगम स्वतन्त्र कर्मचारी यूनियनको अध्यक्षमा गोपाल सिंह चयन भएका छन्।
शनिबार नेकपा एकीकृत समाजवाद निकट निगमका कर्मचारीहरुको एक भेलाले सिंहलाई अध्यक्षमा चयन गरेको हो। नेपाल वायू सेवा निगमलाई प्रभावकारी रुपमा अगाडी बढाउन र कर्मचारीका हकहितलाई शुनिश्चित गर्नका लागि वायू सेवा निगम स्वतन्त्र कर्मचारी यूनियन गठन गरेका हुन्।
गोपाल सिंहको अध्यक्षतामा नव गठित यूनियनको वरिष्ठ उपाध्यक्षमा तुलसी थापा, उपाध्यक्षमा हाेम पोखरेल, निर बहादुर बर्देवा, चयन भएका छन्। त्यसैगरि यूनियनको महासचिवमा कृष्ण प्रसाद बजगाँइ चयन भएका छन्।
यूनियनको सचिवहरुमा नुमानन्द गौतम, बल टमाटा र सह–सचिवमा नवराज ढुङ्गेल चयन भएका छन्। यूनियनको कोषाध्यक्षमा सम्झना पौड्याल र सह–कोषाध्यक्षमा देवीलाल दहाल चयन भए।
त्यसैगरी यूनियनको सदस्यहरुमा साधना कुँवर, मुरारी प्रसाद अधिकारी, नितु शाक्य रहेको वायू सेवा निगम स्वतन्त्र कर्मचारी यूनियनका महासचिव कृष्ण प्रसाद बजगाँईले जानकारी दिए।
वायू सेवा निगम स्वतन्त्र कर्मचारी यूनियन गठनका लागि अनेरास्ववियू स्थायी कमिटी सदस्य तर्क बहादुर शाहीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। युनियनका पूर्व अध्यक्ष राजन उप्रेतीको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा एक सय जनाभन्दा धेरै कर्मचारीहरुकाे उपस्थिति रहेको थियो।