एमालेले दियो प्रधानमन्त्री देउवालाई निम्तो



काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको १०औं महाधिवेशनमा आमन्त्रण गरेको छ।

एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निम्तो दिएका हुन्।
एमालेको निम्तो स्वीकार गर्दै देउवाले आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका छन्।

देउवाले महाधिवेशनका लागि शुभकामना दिएको नेम्वाङले बताए। तपाईहरुलाई महाधिवेशनका लागि शुभकामना छ। तपाईंहरूको महाधिवेशनमा म आइहाल्छु नि। म नआएर हुन्छ?,’ देउवाले भनेका थिए। एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदै छ।