कालिकोट। नेकपा (एकीकृत समाजवादी) ले जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ मा सुन्दरपानी-गडिगाउँ टोल कमिटी गठन गरेको छ।
मानबहादुर रावलको अध्यक्षमा २१ सदस्सीय टोल कमिटी गठन गरिएको पार्टीका वडा कमिटी अध्यक्ष गोरख सार्कीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। टोल कमिटीको उपाध्यक्षमा अबि दर्जी (दास), सचिवमा अनिल शाही र सहसचिवमा भूमिका शाही चयन भएकी छन्।
अध्यक्ष सार्कीका अनुसार पार्टीको विधान बमाेजिम कार्यसचिवमा गोविन्द शाहलाई चयन गरिएको छ। टोल कमिटी गठनका क्रममा नेपाली कांग्रेसका र एमाले गरि ७ जना स्थानीय नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
अध्यक्ष सार्कीले भने, ‘हाम्रो पार्टीको निर्देशन र कार्यतालिका अनुसार टोल कमिटी गठन गरिरहेका छौं। जनताहरुले हाम्रो पार्टीले उठाएका राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक मुद्धाहरुलाई मन पराएका छन्। अन्य पार्टी छोडेर हामीले उठाएको वैज्ञानिक समाजवादको झण्डामूनि बसेर समाज रुपमान्तरणका निम्ति भूमिका खेल्ने उहाँहरुको प्रतिवद्धता छ।’
टोल गठनका क्रममा पार्टीका जिल्ला कमिटी सदस्य कविराज बिष्ट, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य दानबहादुर सार्की, गाउँ कमिटी सदस्य बिर्ख बहादुर शाही, शिक्षक नेता अर्जुन शाही, वडा कमिटी सचिव नौले सार्की (भूमिका) लगायत नेताहरुको उपस्थिति रहेको थियो।