काठमाडौँ। राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए। राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ। उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउनेछन्।
साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो।