कर्णालीमा माओवादीले ४ मन्त्रालय नछोड्ने



काठमाडौँ। कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले ४ मन्त्रालयको दाबी गरेको छ।

बिहान ११ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केही ढिलागरी बैठक सुरु भएको थियो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठन भएको दुई साता वितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) बाट कुनै पनि मन्त्रीलाई सहभागी गराउन नसकिएको अवस्थामा आजको बैठकले ठोस निर्णय गर्ने अनुमान गरिएको छ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बैठकमा समग्र एजेण्डाको विषयमा छलफल गर्ने बताए । यो बैठकमा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष राजकुमार शर्मा पनि सहभागी छन् । उनको उपस्थितिले पनि दलबाट कसलाई सरकारमा पठाउने भन्नेबारे वृहत छलफल हुने आङ्कलन गरिएको छ ।

दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही माओवादी केन्द्र कर्णाली प्रदेशको सह–इन्चार्ज हुन् भने शर्मा अध्यक्ष हुन् संसदीय दलको बैठकमा प्रदेश अध्यक्षलाई उपस्थित गराउनुलाई केही रहस्यमय तरिकाले हेरिएको छ । दलभित्रकै सांसदहरुबीच मन्त्री बन्ने कुरालाई लगेर लडाईँ हुन थालेपछि तालमेल मिलाउनका लागि भएपनि शर्मालाई उपस्थित गराइएको हुन सक्ने अनुमान गरिएको छ।