संसारकै विरही गीत, जुन गीतमाथि ६२ वर्षसम्म प्रतिबन्ध लगाइयो



काठमाडौँ। मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ। मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ।

कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक(पटक सुन्न मन लाग्दछ। यस्ता केही गीत(संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन्।

त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे। उक्त गीतलाई मानिसहरू संसारकै सबैभन्दा विरही तथा विषादपूर्ण गीत अर्थात त्जभ ज्गलनबचष्बल क्गष्अष्मभ क्यलन पनि भनिन्छ।

यो गीत यति खतरनाक थियो कि धेरै मानिसहरूले आत्महत्या गर्न थालेपछि गीतमाथि प्रतिबन्ध नै लगाउनु परेको थियो, र त्यस्तो प्रतिबन्ध ६२ वर्षसम्म कायम रह्यो।

उक्त गीतको बोल ग्लूमी सन्डे हो। हंगेरीका संगीतकार रेजसो सेरेसले तयार गरेका थिए । सन् १९३३ मा उनले ग्लूमी सन्डे वा स्याड सन्डेको नामबाट उक्त गीततयार पारेका थिए। उनले उक्त गीतलाई प्रेमसँग जोडेर तयार गरेका थिए । तर गीतले यतिधेरै पीडा थपिदियो कि यो गीत सुनिसकेपछि मानिसहरू आफैं रुने गर्दथे।

गीतमा यतिधेरै पीडा थियो कि गीत सुनेर केही मानिसहरूले आत्महत्या गरे। ग्लूमी सन्डे गीत सुनेर सबैभन्दा पहिले आत्महत्या गरेको घटना बर्लिनमा सार्वजनिक भयो। त्यहाँ एक युवकलाई गीत सुनिसकेपछि यतिधेरै पीडा परेछ कि उनले आफैंलाई गोली हानेर हत्या गरे । त्यस्तै न्युयोर्कमा एक वृद्धले गीत सुनेर ७औँ तलाबाट हाम फालेर आत्महत्या गरे भने हंगेरीमा एक १७ वर्षीया किशोरीले नदीमा हाम फालेर आत्महत्या गरिन्।

गीतका कारण आत्महत्याका घटनामा वृद्धि भएसँगै उक्त गीतलाई ६२ वर्षका लागि प्रतिबन्धित गरियो। उक्त गीत सुनेर कसैले आत्महत्या नगरुन् भन्नका लागि गीतलाई पुनः कम्पोज गरिएको थियो। तर त्यसपछि पनि आत्महत्याको क्रम रोकिएन। अन्ततः सन् १९४१ मा गीतलाई प्रतिबन्धित गरिएको थियो।

यद्यपि सन् २००३ मा यो गीतमाथिको प्रतिबन्ध हटाइएको थियो । यो गीत अहिले युट्युबमा पनि उपलब्ध छ। तर आजका मानिसहरू आखिर यो गीतमा के त्यस्तो चिज छ जसका कारण इतिहासमा मानिसहरुले भटाभट आत्महत्या गरेका थिए भन्ने कुरा बुझ्न सकेका छैनन् ।

यो विरही गीतका रचनाकार रेजसो सेरेजले पनि वास्तवमा प्रेमसम्बन्ध टुटेपछि यो गीत लेखेका थिए। उनकी एक प्रेमिका थिइन् जसलाई एनी निकै प्रेम गर्दथे । अर्कोतर्फ उनले आफ्नो पहिचान स्थापित गर्नका लागि संघर्ष गरिरहेका थिए तर सफलता मिलिरहेको थिएन । उनी राम्रो पियानोबादक थिए र त्यहीँ क्षेत्रमा करिअर बनाउन चाहन्थे तथापि सफलता मिलिरहेको थिएन। त्यहीँ सयमा उनकी प्रेमिकाले उनलाई धोका दिइन् । प्रेममा पाएको धोकाले सेरेस विक्षिप्त बने र प्रेमिकाको यादमा एक गीत तयार पारे।

उक्त गीत विस्तारै यतिधेरै लोकप्रिय बन्यो कि प्रेममा धोका खाएकाहरुको मनपर्ने गीत बन्यो । साथै उक्त गीत सुनेर आत्महत्या गर्ने सिलसिला पनि सुरु भयो।