जुम्ला। नेपालि कांग्रेस जुम्लाको सातौं जिल्ला अधिवेशनको उद्घाटन सत्र सुरु भएको छ।
जिल्ला खेलकुदको भवनमा सुरु भएको अधिवेशनको उद्घाटन निबर्तमान मन्त्री दिनबन्दु श्रेष्ठले पानसमा बत्ति बालेर गरेका थिए। अधिवेशन बिभिन्न र्यालीले बजार परिक्रम गरी सभामा परिणत भएको थियो।
अधिवेशन पाँच दिनसम्म चल्ने चन्दनाथ नगरपालिका प्रमुख तथा नेपाली कांग्रेसकी नेतृ कान्तिका सेजुवालले बताइन्। कार्यक्रमका अतिथिले पार्टि नेतृत्व सहमति र लोकतान्त्रिक बिधिबाट चयन गर्न जिल्ला पार्टीलाई शुभकामना दिएका छन्।
अधिवेशनमा संस्थापन र संस्थापन इतरको जोड घटाउमा निर्वाचन मार्फत नेतृत्व चयन हुने आंकलन गरिएको छ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता श्रेष्ठले १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा सबै जिल्लामा सहमतिमा नेतृत्व चयन भएपनि जुम्लामा सहमति हुन नसक्नुले पार्टि लोकतान्त्रिक पद्धतिमा अगाडि बढेको बताए।
उनले भने, ‘पार्टीले लोकतन्त्रलाई आत्मसाथ गरेको हुनाले लोकतन्त्रमा फरक मत राख्न पाउने अधिकार रहेको छ र जुम्ला कांग्रेसले त्यसको प्रयोग गरेको छ।’ यद्यपि, श्रेष्ठले सहमतिमा पार्टी नेतृत्व गर्न जिल्ला पार्टीलाई आग्रह गरे।
पार्टि नेतृत्वका लागि दिप बहादुर शाहि र कर्ण बहादुर शाहि बिच प्रतिस्पर्धा हुने निश्चित जस्तै रहेको कांग्रेस जुम्लाका नेताहरुले बताए।