जुम्ला। जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्रीमा झरेको छ । चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ।
दिनभर घाम लागे पनि बिहान बेलुका धेरै जाडो बढेको तिला गाउँपालिकाका स्थानीयवासी धनराज रावतले बताए । चिसो अत्याधिक बढेसँगै बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई निकै गाह्रो भएको छ ।
बिहान र बेलुका बढी चिसो हुने भएकाले घर आँगनमा आगो बालेर बस्ने गरिएको स्थानीयले बताएका छन् । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।