सुर्खेत। नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा परेको छ।
तर, लामो दुरीका यातायातका साधानहरु भने निर्वाध चल्न सकेका छ्रैनन्। नेकपाका नेता कार्यकर्ताहरु सडकमा नभए पनि यातायात साधनका धनि र चालकहरुले गाडि चलाउन सकेका छैनन्।
यसै क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बन्दको आंशिक प्रभाव परेको छ। मंहगी, प्रट्रोलीयम पदार्थको मूल्यवृद्धि जस्ता नाराहरु अघि सारेर नेकपाले नेपाल बन्दको आह्वान गरेको छ।
तस्बिर: प्रदिप बोहरा