एकीकृत समाजवादीको ३५१ सदस्यीय किसान महासंघ गठन



काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० ले अखिल नेपाल किसान महासंघ गठन गरेको छ।

बलराम बास्कोटाको नेतृत्वमा बनेको ३५१ सदस्यीय महासंघमा नौ उपाध्यक्ष, एक महासचिव र १० जना सचिव रहेका छन्। उपाध्यक्षहरूमा बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का रहेका छन्।

महासंघको महासचिवमा प्रमेश पोखरेल र सचिवहरुमा छिरिङ लामा, बतहु यादव र भरत फुयाँल रहेका छन् शम्भु दुलाल, शर्मिला पौडेल, सुनिता भुसाल, कमल खत्री, प्रेमा अधिकारी, हनुमान चौधरी,कृष्ण नेपाली र पूर्ण बुढा रहेका छन्। महासंघका पदाधिकारी र समिति सदस्यहरूलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार पद तथा गोपनीयताको सपथ खुवाएका छन्।