जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका पदाधिकारी दैनिक कामकाजमा फर्किने भएका छन्।
प्रतिष्ठानका पदाधिकारीलाई काम गर्न रोक लगाउने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि प्रतिष्ठानका पदाधिकारी काममा फर्किने भएका हुन्।
सोमबार उच्च अदालत पाटनका न्यायाधीस भोजराज अधिकारीले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि प्रतिस्ठान ले पुन: पुरानै पदाधिकारी पाउने भएको हो।
अदालतको आदेशपछि प्रतिष्ठानका उप-कुलपति डा. मंगल रावलले अदालतले न्याय गरेको कर्णालीसन्देशलाई बताए। २३ कात्तिकमा प्रतिष्ठानका सह-कुलपति समेत रहेका स्वास्थ्यमन्त्री बिरोध खतिवडाले कर्णालीको उप-कुलपति नियुक्ति अदालतको अन्तरिम आदेश छलेर भएको भन्दै सो फैसला नहुन्जेल काम काज गर्न रोक लगाएका थिए।
स्वास्थ्यमन्त्रीको उक्त निर्णय विरुद्ध कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल सहितका पदाधिकारीले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए।
अदालतको अन्तरिम आदेश