शिशिर योगीको स्वरमा ‘एकमुठी चामल’ बजारमा



काठमाडौँ। लोकप्रिय गायक शिशिर योगीको स्वरमा ‘एकमुठी चामल’ बोलको नयाँ गीत बजारमा आएको छ।

स्वरसम्राट नारायण गोपालको संगीत रहेको गीतका शब्द रत्नशमशेर थापाले लेखेका हुन्। गायक योगीको स्वरमा सजिएको ‘एकमुठी चामल’ गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन विरेन्द्र भाट ‘विपिन’ ले गरेका हुन्। गीतमा गायक योगी र एंगल तिमिल्सिनाको अभिनय रहेको छ।

गीतमा विपन्नताको अवस्थालाई दृश्यमार्फत देखाउन खोजिएको छ। सार्वजनिक स्थल वा घुमेन्त रुपमा गीत गायर जीविका चलाने कलाकारहरुको कथा देखाउन खोजिएको देखिन्छ।

लोपउन्मुख अवस्थामा रहेको सारंगी र साँस्कृतिक पक्षलाई उठाउन खोजेको पाइन्छ। लुगा महिलो होला, अवस्था नाजुक होला तर, घुमन्ते कलाकारहरुको मन कलाप्रति, माटोप्रति, इमान्दार छ भन्ने सन्देश दिन खोजेको देखिन्छ।

गीत गाउँदा घाटी सुकेको हुन्छ। पीडाले मन दुखेको हुन्छ। तर, पनि एकमुठी चामलेको लागि मगन्तेका रुपमा हिड्नुपरेको अवस्था देखाउन खोजिएको छ।

भिडियो हेर्नुहोस्