पलाँतामा एमाले परित्याग गर्नेहरुको संख्या बढ्यो



कालिकोट। जिल्लाको पलाँता गाउँपालिकामा विभिन्न पार्टी परित्या गरि ३६ घरधुरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

गाउँपालिका वडा नम्बर ३ मा आइतबार नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संघ कर्णाली प्रदेश कमिटी सदस्य रेशम रोकाय, कांग्रेसका स्थानीय नेता ज्ञानेन्द्र शाही, नेकपा एमालेका पूराना नेता रणजित शाही र एमालेका युवाहरु गजेन्द्र बम, प्रेम बमलगाएत ३७ घरधुरीले समाजवादी पार्टी रोजेका छन्।

एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव चित्र सिंह (गाउँले) का अनुसार पलाँता गापा वडा नम्बर ७ का एमाले नेता कल बमसहित केही नेता कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन्।

विभिन्न पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष विश्वराज बम, सचिव गाउँले, युवा संघका केन्दीय सदस्य मेघराज शाहीले पार्टीमा स्वागत गरेका छन्।