बहुपहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने पक्षमा राई



काठमाडौँ। एक नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको राजधानीका बारेमा अन्तिम कोशिश भैरहेको बताएका छन्। शनिबार किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मुख्यमन्त्री राइले उक्त कुरा उल्लेख गरेका छन्।

मुख्यमन्त्री राईले प्रदेशको राजधानी नाम राख्नेमा बहुपहिचानबाट पछि नहट्ने बताए। उनले भने एमालेले बहुपहिचानको नाममा भोट मागेको र अहिले धोका दिएको आरोप लगाए।

राईले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीका केही नेताहरू बहुपहिचानको पक्षमा नभएको बताए। उनले बरु पार्टीबाट निष्कासन हुन तयार रहने तर, आफू पहिचानको लागि लडिरहने बताए।