एकीकृत समाजवादीको बैठकमा प्रदेश इन्चार्जको रिपोर्टिङ



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे प्रदेश इन्चार्ज र अध्यक्षहरुले रिपोर्टिङ गरिरहेका छन्।

ललितपुरको हेरिटेज पार्टी प्यालेसमा जारी बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे प्रदेश इन्चार्ज र अध्यक्षहरुले रिपोर्टिङ गरेका हुन्। अहिलेसम्म प्रदेश २, वागमती प्रदेश कर्णाली प्रदेशका प्रतिनिधिले रिपोर्टिङ गरिसकेका छन्।

प्रदेशका २ का इन्चार्ज धर्मनाथ प्रसाद साहले आफ्नो प्रदेशमा आफ्नो पार्टीको संगठन एमाले भन्दा धेरै राम्रो भएको भन्दै त्यसलाई कायम राख्दै थप विस्तार गर्ने प्रयास भइरहेको बताए।

त्यस्तै कर्णाली प्रदेशका इन्चार्ज प्रकाश ज्वालाले पनि कर्णाली प्रदेशमा एमाले भन्दा समाजवादीको अवस्था राम्रो भएको रिर्पोटिङ गरेका छन्। वागमती प्रदेशकी अध्यक्ष सावित्रा भुसालले आफ्नो प्रदेशमा पार्टी संगठन राम्रो भएपनि अझैं मिहिनेत गर्नुपर्ने धारणा राखेकी छन्। अहिले लुम्बिनी प्रदेशका भागवत विश्वासीले प्रदेशको रिपोर्टिङ गरिरहेका छन्।

रिपोर्टिङको क्रम सकिएपछि अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेर बैठक समापन गर्ने तयारी भएको नेता मेटमणी चौधरीले रातोपाटीलाई जानकारी दिए। यो समाचार रातोपाटीमा प्रकाशित छ।