काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन्। रक्तचाप बढेपछि अध्यक्ष प्रचण्ड शनिबार मेडिसिटी अस्पताल भर्ना भएका थिए।
डाक्टरहरुको सल्लाहअनुसार एक रात अस्पताल बसेपछि आइतबार प्रचण्ड डिस्चार्ज भएका हुन्। चिकित्सकका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ अवस्था सामान्य रहेको छ। केही दिनअघि विभिन्न जिल्ला भ्रमण गएकाले दौडधुपका कारण उनको रक्तचाप बढेको थियो।