काठमाडौँ। प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिँदैछ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आएको बारले बिहान १० बजे अघिदेखि १२ बजेसम्म सर्वोच्च अदालतमा धर्ना दिन लागेको हो। यसअघि शुक्रबार भएको धर्नामा तनावको अवस्था सिर्जना भएको थियो ।
बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरेका थिए । आज बारले मुलसहित वैकल्पिक ढोकामा समेत धर्नाको तयारी थालेको छ ।