काठमाडौँ। विश्व नम्बर १ टोली बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ।
छनोट चरणमा एक खेल बाँकी छँदै नै रोबर्टो मार्टिनेजको टोलीले विश्वकपमा प्रवेश पाएको हो। समूहको अन्तिम खेलमा अब बेल्जियमले वेल्सको सामना गर्नेछ।
क्रिस्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले खेलको ११ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा यानिक कारास्कोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बेल्यिजमको अग्रता दोब्बर बनाए। ७४ औँ मिनेटमा थोरगान हाजार्डले तेस्रो गोल गरे।
हाजार्डको गोलअघि एस्टोनिया एरिक सोरगाले एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोल मात्र बन्न पुग्यो। समूहकै अर्को खेलमा वेल्सले बेलारु