महाधिवेशन प्रतिनिधि छनोटमा घिनलाग्दो दुरुपयोग: झपट रावल



काठमाडौँ। नेकपा एमालेका नेता तथा सांसद झपट रावलले कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन्।

नेता रावलले शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चिरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको बताएका छन्।

नेकपा एमालेले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चयन गर्दैछ। अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि सहमतिमा छनोट भएका छन् । नगन्य स्थानमा मात्रै निर्वाचन हुने देखिएको छ।