कालिकोट। नेकपा (एकीकृत समाजवादी) कालिकोट पलाँता गाउँ कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला प्रशिक्षण तथा कार्यक्रम सम्पन्न भएको छ।
पलाँताको राडुनेटामा सम्पन्न भएको कार्यक्रममा कालिकोट अध्यक्ष विश्वराज बमको प्रमुख आतित्थ्यतामा बिहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो। कालिकोट जिल्ला कमिटी सदस्य अजम रोकायका अनुसार कार्यक्रममा काङ्ग्रेस, एमाले र नेकपा विप्लव, राप्रपा पार्टीबाट १५० जना स्थानीय नेता कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
उनले भने, ‘कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। एमाले र नेकपाबाट १५० जना स्थानीय नेता कार्यकर्ताहरु हाम्रो पार्टीमा प्रवेश गर्नु भएको छ। करिब ५०० सयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।’
प्रदेश कमिटी सदस्य मनिराज बराल, जिल्ला कमिटी अध्यक्ष विश्वराज बम, पार्टी सचिव चित्र सिंह गाउँले युवा संघ कालिकोटका अध्यक्ष गणेश शाही, अनेरास्ववियू कालिकोट अध्यक्ष अमित शाही लगायतको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिने र समाजवादको यात्रामा एकसाथ अघि बढ्ने अध्यक्ष बमको भनाई छ। पार्टी प्रवेश गर्नेहरुले अबको विकल्प नै एकीकृत समाजवादी पार्टी भएकाले आफूहरुले उक्त पार्टीमा प्रवेश गरेको बताएका छन्।