काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठनको संस्थापक पदाधिकारी एवं सदस्य घोषणा भएको छ।
समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कार्य समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ रहेका छन्। त्यस्तै महासचिवमा भुपराज खड्का र तेजप्रसाद वाग्ले तोकिएका छन्।
उपाध्यक्षमा प्रकाश खतिवडा, दुर्गा थापा, राजेन्द्र कुँबर, शितल शाह, विकास बन्जाडे, श्रीराम सिग्देल, नवराज छल्कुली, तिर्थराज सिग्देल, शान्तराम बिडारीलगायत चुनिएका छन्।
संस्थापक पदाधिकारी एवं सदस्य घोषणा कार्यक्रममा तत्कालीन एमालेनिकट प्रेस चौतारीका उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत विभिन्न पदबाट विद्रोह गरेर नेकपा एसमा लागेका पदाधिकारी र सदस्यहरुले नेतृत्व चयनमा एकलौटी भएको भन्दै असहमति जनाएका छन्।
तर, उनीहरुले आन्दोलन र प्रतिगमनविरुद्धको मैदानमा रहन, संगठनलाई नयाँ उचाईमा पुर्याउनका लागि सहयोगी भूमिका खेल्ने बताएका छन्।