जुम्ला। जुम्लामा भएको मुख्यमन्त्री महिला/पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल सकिएको छ।
शनिबार बिहान भएको महिला फाइनल खेलमा तातोपानी गाउँपालिकाले गुठिचौर गाउँपालिकालाई सोझो सेटमा हराएर प्रथम स्थान हासिल गरेको छ भने गुठिचौर गाउँपालिका दोस्रो स्थानमा चित्त बुझाएको छ।
त्यस्तै, पुरुष फाइनल खेलमा पातराशि गाउँपालिकाले प्रथम स्थान हात पारेको छ भने दोस्रो स्थान तिला गाउँपालिकाले हात पारेको छ। बेस्ट फाइभको खेलमा पुरुषमा पहिलो सेटमा तातोपानीले २५-२०, दोर्सो सेट तिलाले २५-१९, तेस्रो सेट तिलाले २५-२० र चौथो सेट पातरासिले २५-२१ र अन्तिम सेट १५ को खेलाइएकोमा पातरासिले १५ र तिलाले १३ गरि तातोपानीले जित आफ्नो पोल्टामा पार्न सफल भएको थियो।
२५ गतेदेखि गुठिचौर गाउँपालिकाको झार्जेल्वालामा सञ्चालित भलिवल प्रतियोगितामा जुम्ला जिल्लाका पुरुष ६ टिम र महिला ४ टिमको सहभागिता रहेको आयोजक तथा जिल्ला खेलकुद विकास समितिका सदस्य सचिब संगिता आचार्यले कर्णालीसन्देशलाई जानकारी दिइन्।
प्रथम स्थान हासिल गर्ने टिमले ५० हजार, शिल्ड तथा मेडल प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गर्ने टिमले ३५ हजार नगद सहित मेडल प्राप्त गर्ने आयोजकले बताएको छ।
उक्त भलिबल प्रतियोगिता ‘स्वास्थका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तिनदिनसम्म सञ्चलन भएको थियो।