काठमाडौँ। नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र राणाले पदमा बसिरहन औचित्य नरहेको बताए।
समाजवादी प्रेस संगठन नेपालको घोषणासभामा बोल्दै खतिवडाले उक्त कुरा बताएका हुन्। उनले अगाडि भने, ‘हाल अदालतको बारेमा केही प्रश्न उठेका छन्। प्रधानन्यायाधीशमाथि गम्भीर प्रश्न खडा भएका छन्।
उहाँले न्याय क्षेत्रलाई विवादमा पारिराख्नु भन्दा पदबाट राजिनमा दिदा हुन्छ जस्तो लाग्छ। यो मेरो व्यक्तिगत धारणा हो। पार्टीले यस विषयका बारेमा केही बोल्ला। तर, मैले भन्नुपर्दा चोलेन्द्र शरशेर राणाले पदमा रहिरहन त्यति उचित देखिँन।’