राक्षसलाई देउता बनाउने काम पत्रकारले गर्नु हुँदैन: अध्यक्ष नेपाल



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली समाजवादको बारेमा आफ्नो पार्टीले नयाँ ढंगले सोचिरहेको बताए।

शनिबार समाजवादी प्रेस संगठन नेपालको घोषणासभामा बोल्दै उक्त कुरा बताएका हुन। अध्यक्ष नेपालले जनजीविकाका सन्दर्भमा, आर्थिक, साँस्कृतिक, राजनीतिक रुपान्तरणका लागि एकीकृत समाजवादी पार्टीको स्थापना भएको स्पष्ट पारे।

साथै उनले पत्रकारहरुले राक्षसहरुलाई देउता बनाउन नहुनेमा जोड दिए। उनले भने, “हाम्रो देशमा अनेकन मिडिया खुलेका छन्। देउतालाई दानव बनाउने र राम्रा मान्छेलाई राक्षस बनाउने गरिएको देखिन्छ।”

अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी ओलीलाई इंगित गर्दै राक्षसलाई देउता बनाउने काम गर्ने पत्रकारिता अन्त्य गरिनुपर्ने बताए। समाजमा रहेर अराजक, दलाली, मिटर ब्याज उठाएर घरबार बिहिन बनाउने काम गरिरहेका व्यक्तिका विरुद्ध लेख्न पत्रकारलाई अनुरोध गरे।

उनले समाजवादी पार्टीको जनलहर बढेको बताए। दोस्रो केन्द्रीय कमिटीको बैठकले आगामी कार्ययोजना तय गर्ने बताए।