काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव परिवर्तन गरिएको छ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जोखबहादुर महरा (प्रताप)लाई लुम्बिनी प्रदेशको सह-इञ्चार्जको जिम्मेवारी दिइएपछि उक्त स्थानमा पूर्व विद्यार्थी अध्यक्षसमेत रहेका रमेश मल्ललाई नियुक्त गरिएको हाे।
मल्ललाई प्रचण्डको सचिवालय हेर्ने गरी जिम्मेवारी दिइएको छ। मल्ल अखिल(क्रान्तिकारी)को नेतृत्व गर्दा पनि सालिन, भद्र र सक्षम नेताको रुपमा रहेका थिए। उनी विद्यार्थी माझ लोकप्रिय नेताको छबी भएका नेता हुन्। पछिल्लो समय प्रचण्ड प्रधानमन्त्री हुँदा मल्लले उनको सचिवालयमा बसेर काम गरिसकेका छन्।