देशभर १ सय ३९ जना कोरोना सङ्क्रमित थपिए



काठमाडौँ। देशभर १ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन्। ३ हजार ९३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२८ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो। हाल देशभर ८ हजार १४४ जना सक्रिय सङ्क्रमित रहेका छन्।

पछिल्ला २४ घण्टामा थप ३९६ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन्। हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९४ हजार ८३४ जना सङ्क्रमित निको भइसकेका छन्।

नेपालमा निको हुने दर ९७।६ प्रतिशत रहेको छ। यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ४३९ रहेको छ।

देशभर थप १ हजार ९८५ जनाले खोप लगाएका छन्। खोप अभियान सुरु भएदेखि अहिलेसम्म कूल १ करोड ६१ लाख ७१ हजार ३२९ मात्रा खोप लगाइसकिएको छ। कम्तीमा पहिलो मात्रा लगाउनेमा ८७ लाख ३६ हजार ५३२ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउनेमा ७४ लाख ३४ हजार ७९७ जना रहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।