मर्म बहुउद्देश्यीय सहकारीको उद्घाटन लक्ष्मिपूजाको दिन



काठमाडौँ। मर्म नाम सुन्ने बित्तिकै एक किसिमको भावनात्मक सोच आउने गर्दछ। सबैको मर्मलाई बुझी साथ, सहयोग, हौसला र आर्थिक विकाश हुनुपर्छ भन्ने कुरालाई मनन गर्दै युवा पुस्ताहरुको एउटा समूह जसमा केही गर्नुपर्छ भन्ने जोश जागरले भरिएको छ।

यस्तै युवा व्यवसायी समूहद्वारा अब चाबहिल सरस्वतीनगरमा मर्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नामक सहकारी संस्था सञ्चालनमा आउने भएको छ।

सहकारीको औपचारिक समुद्घाटन भने यही आउँदो बिहीबार लक्ष्मी पूजाको सुअवसर पारेर गर्ने सञ्चालकहरुको तयारी छ। सोही दिनबाटै सहकारीमा वित्तिय कारोबार पनि सुरु गरिने छ। कारोबार सुरु गर्न इच्छुक व्यक्तिहरू त्यसै दिनबाट नै यस सहकारीमा रहेका विभिन्न शीर्षकमा खाता खोली यस मर्म बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध हुन सक्ने छन्।

सहकारी व्यवस्थापनमा भने वित्तिय क्षेत्रमा विगत लामो समयदेखि अनुभव प्राप्त व्यक्तित्त्व हर्क बहादुर श्रेष्ठको अध्यक्षतामा शैक्षिक, आयात निर्यात, सवारी साधन, रियल स्टेट, व्यापार बिजिनेसलगायतका क्षेत्रमा आबद्ध अब्बल युवा उद्यमीहरुको विशेष टीम रहेको छ।

कार्यालय सञ्चालनको जिम्मा भने टीकाराम श्रेष्ठ ज्यूको नेतृत्वमा अन्य ८ जनाको टीमलाई दिइनेछ। त्यसका साथसाथै सहकारीको स्तरोन्नतिका लागि विशेष सल्लाहकार समितिको टीम गठन गरिने छ। जसले बाहिरी रूपमा निरीक्षण र सरसल्लाह सुझाव दिनेछ।

कुशल अनि अब्बल युवा व्यवसायी समूहद्वारा सञ्चालन हुने यस सहकारीले नेपाल सरकारको कानुन बमोजिम सहकारी संस्थाको क्षेत्राधिकार तथा लगानी गर्न दिइएको दायरा भित्र रही काम गर्ने र विभिन्न क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, कृषि, कर्जा, अनि वित्तीय बचत जस्ता शिर्षकहरुमा लगानी गर्नेछ।

त्यसैगरी आफ्ना ग्राहकहरुलाई पनि सक्दो सेवा र प्रतिफल दिनेछ भन्ने अपेक्षा राखिएको छ। हाललाई काठमाडौं, ललितपुर र भक्तपुर गरी ३ ओटा जिल्लामा कारोबार अनुमति पाएको यस सहकारीले एक वर्षको अनुभव संकलन र अनुसन्धान पश्चात आगामी वर्षबाट आफ्नो कार्यक्षेत्र, क्षेत्राधिकारलगायत विभिन्न ठाउँमा सेवाकेन्द्रहरु पनि विस्तार गरिने लक्ष्य राखेको छ।

निकै नै उत्कृष्ट, सबल र अब्बल युवा व्यवसयी समूहद्वारा व्यवस्थापन र सञ्चालनमा ल्याउन लागिएको यस सहकारीले वित्तीय क्षेत्र अनि सहकारी संस्थाको क्षेत्रमा एउटा नयाँ आयाम रच्ने कुरा प्रस्टै कल्पना गर्न सकिन्छ।