सीता एयरको जहाज बँदेलसँग ठोक्कियो



काठमाडौँ। सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ।

आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो। उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भएको छैन। सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन्।

१४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग (तल्लो पेट) मा प्वाल परेको छ। धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ। यो समाचार अनःलाइनखबरमा छ।