दिन दुःखिहरूको साहारा बन्दै हेम-माया



काठमाडौँ। विश्वका कुनै पनि मुलुकमा रहेका नेपालीहरू मातृभूमि नेपालमा आइपुगेपछि के गर्लान ? यस प्रश्नको सरल जवाफ हो, कोही आफन्तसँग पर्यटकीय स्थलको भ्रमणमा जालान्। कोही आफन्तसँग रमाउलान्। कोही भेटघाटमा व्यस्त होलान्। यस्तै यस्तै…।

१७ वर्षपछि संसारका मानिसहरुको सपनाको देशका रुपमा चिनिने महाशक्ति राष्ट्र अमेरिकामा बसेर स्वदेश फर्किएको हेम-मायाको जोडि माथि उल्लेखित जवाफमा अटाउँदैन।

हेम एण्ड माया फाउण्डेशनका सञ्चालकसमेत रहेका हेम थापा र माया थापा केही हप्तादेखि मातृभूमि नेपालमा छन्। यो जोडि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेदेखि आजका दिनसम्म सामाजिक कार्यमा संलग्न छन्। अभावले थिचिएका, विपन्नताले मिचिएका, रोगले थलिएका, खान नपाएका, उपचार नपाएका, दिन दुःखिहरुको साहारा बनेको यो जोडि प्रख्यात समाजसेवीका रुपमा परिचित छ।

अमेरिकामा बसेर कमाएको अधिकांश पैसा अभावमा रहेका नेपालीहरुलाई सहयाेग गर्दै आएको यो जोडी हाल पूर्वी नेपालकाे इटहरीमा छ। हेम-मायाले गर्दै आएकाे यो समाजसेवालाइ निःस्वार्थ भन्ने गरिएको छ। न त उनीहरुले अरुसँग मागेर नै समाजसेवा गर्छन्। हेम-मायाले आफ्नो पसिनाबाट कमाएको करोडौ पैसा समाजको नाममा खर्च गर्दै आएका छन्।

फाउण्डेशनले कर्णाली सन्देशलाइ दिएको जानकारी अनुसार हेम-मायाको जोडिले हालसम्म १७ करोड बढि रुपैया समाजसेवाको नाममा खर्चिएको छ। यहि कार्तिक ६ गते नेपाल आइपुगेको यो जोडिले आजका दिनसम्म ११ लाखभन्दा बढि रुपैया दिन दुःखिहरुलाई बाढि सकेको छ।