लगातारको वर्षाका कारण कर्णालीको बहाव बढ्दा जिते बजार उच्च जोखिममा



कालिकोट। बिगत केही दिन देखि लगातार परेको बर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढ्दै गएपछि जिते बजार उच्च जोखिममा रहेको छ।

लगातारको पानीले कर्णाली नदिमा राखिएको जितेको फेरी बगाएको छ। करिडोर निर्माणका लागि समान ढुवानी गर्न कालीकोटका पाँच स्थानीय तहसँगै बाजुरा, हुम्ला र मुगुका नागरिकलाई दैनिक उपभोग्य समानका साथै यातायातका साधन तार्नका लागि जिते बजारमा जडान गरिएको फेरी कर्णाली नदीले बगाएको हो।

एक स्थानीयका अनुुसार फेरीसँगै जिते हाट बजारका पाँच वटा शौचालय बगाएकाले थप वर्षा भए बजार नै बगाउने खतरा छ।