भालुको आक्रमणबाट घाइते सहकारीकाे हेलिकप्टरबाट उद्वार



कालिकोट। भालुको आक्रमणबाट घाइते भएका नरहिरनाथ गाउँपालिका-४, अदेला निवासी गज बहादुर सहकारीका छोरा २५ बर्षिय लाल बहादुर सहकारीलाई हेलिकप्टरबाट उद्वार गरिएकाे छ।

प्राथमिक स्वास्थ्य कुमाल गाउँ केन्द्रमा प्राथमिक उपचार पश्चात् बाँकि थप उपचारका सम्भव नभए नभएपछि घाइते सहकारीलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएकाे छ। विहान ६ बजेतिर घरदेखि लेकतिर जाने क्रममा भेरेखोलामा भालुले आक्रमण गरेको थियाे।

विगत देखी नरहरिनाथ लगायत कालिकोटका विभिन्न स्थानहरुमा भालुको आक्रमणबाट स्थानीयहरुले सास्ती खेप्नुपरेको छ।