कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ सडक सञ्जालमा जोडिएको छ।
शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साविक लालुको पिपल रुखमा एक कार्यक्रमको आयोजना गरि कर्णाली करिडोर अन्तरगत खुलालु-मालकोट-रुप्सा-रामारोसन सडकको खण्डको उड्घाट्न गरेका हुन्।
गापाको करिब ९ करोड र कर्णाली प्रदेश सरकारको ५३ लाखमा बनेको उक्त सडक खण्ड अछामको पर्यटीय स्थल रामारोशनसम्म जोड्ने लक्ष्य रहेको गापा अध्यक्ष धीरबहादुर बिष्टले जानकारी दिए। अध्यक्ष बिष्टका अनुसार गापाको वडा नम्बर ६ को बास खोलासम्म सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
सडक उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका कृषिमत्री कुर्मराज शाही, प्रदेश सांसद विन्दमान बिष्ट, माओवादी केन्द्रका धनजित शाही, गापा अध्यक्ष बिष्ट र उपाध्यक्ष मनशोभा बुढालगायतको उपस्थिति रहेको थियो।