शिव परियारको पिउन सुरू गरेपछि…



काठमाडौं। “पिउँदिन भन्दा भन्दै पिलायो साथीले“ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडै नै बजारमा ल्याउँदैछ।
मनोरञ्जन उद्दोगका सिद्द हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनममा सोमबार उक्त गितको छायाङ्कन सम्पन्न भएको छ ।
यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ ।
मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।