कालिकोट। तरुण विभाग विपन्न तथा दलित समुदाय समन्वय समिति केन्द्रिय सदस्य तथा नेपाली काङ्ग्रेसका युवा नेता भरत बहादुर विक (शंकर)ले त्रिबेणी युथ क्लब लाई आर्थिक सहयोग गरेका छन्।
त्रिबेणी युथ क्लब, सान्नीत्रिबेणी गाउँपालिका-१ द्वारा आगामी असोज २३ देखी २६ गतेसम्म सञ्चालन गर्न गइरहेको फुटबल, भलिबल तथा संस्कृतिक कार्यक्रमको लागि १० हजार रुपैंया सहयोग गरेका हुन्।
‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागी खेलकुद’ भन्ने मुल नाराका साथ दशैंतिहार तथा छठ पर्वको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष परेक राज गिरीले जानकारी दिए।
मुख्य आयोजक त्रिबेणी युथ क्लब र सह-आयोजकमा सान्नीत्रिबेणी गाउँपालिका रहेको कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय सभा सदस्य जीवन बुढा र बिशेष अतिथिमा सान्नीत्रिबेणी गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहीको उपस्थिति रहने बताईएको छ।